थाइल्याण्डको नयाँ प्रधानमन्त्री पेतोङत्रानद्वारा पद तथा गोपनियताको सपथ

भाद्र २२, २०८१ | काठमाडौं

थाइल्याण्डका नयाँ प्रधानमन्त्री पेतोङत्रान सिनावात्राले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नव नियुक्त प्रधानमन्त्री पेतोङत्रानसहित ३५ जना मन्त्रीहरूले थाई नरेश महा वजिरालोङकोर्न समक्ष शपथ लिएका हुन् । यससँगै थाइल्याण्डमा एक महिनादेखिको राजनीतिक गतिरोधको अन्त्य भएको छ ।

३५ सदस्यीय मन्त्रिपरिषद्मा ८ जना महिला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जुन थाइल्याण्डको इतिहासमा नयाँ रेकर्ड हो ।

श्रेथा थाभिसिनलाई नैतिकताको उल्लंघन गरेको आरोपमा अदालतले प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि सत्तारुढ फेउ थाई पार्टीकी नेतृ ३८ वर्षीया पेतोङत्रानलाई गत महिना संसद्ले थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बन्न निर्वाचित गरेको थियो ।


प्रतिक्रिया