अमेरिकाको लस एन्जलसमा भिषण डढेलो

पुस २४, २०८१ | काठमाडौं

अमेरिकाको लस एन्जलसस्थित जङ्गलमा भिषण डढेलो लागेको छ । 

करीब २ हजार ९ सय हेक्टर क्षेत्रफलमा लागेको डढेलोका कारण लस एन्जलसको शहरी क्षेत्र धूवाँको मुस्लोले ढाकेको छ । जसबाट लस एन्लजसको सडकमा यात्रारत ३० हजार मानिस प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 

डढेलोबाट शान्ता मोनिका र मलिवु क्षेत्रका भू–भाग बढी जलेका छन् । यस्तै, सुख्खा मौसम तथा तीब्र गतिमा चलेको हुरीका कारण आगलागी फैलने जोखिम अझै बढ्ने भन्दै चेतावनी दिइएको स्थानीय अधिकारीले जनाएका छन् । डढेलोबाट मानवीय क्षति भने नभएको बताइएको छ । तर, केही घरहरु भने जलेर नष्ट भएका छन् । सो स्थानका करीब १० हजार घरका २५ हजार मानिस जोखिमा परेको अनुमान गरिएको छ ।   


प्रतिक्रिया