दक्षिण कोरियामा डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु

चैत्र १३, २०८१
दक्षिण कोरियाको ग्याङसोङ प्रान्तस्थित दक्षिणपूर्वी क्षेत्रको जंगलमा डढेलोले कम्तीमा २४ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । सो डढेलोमा वृद्धवृद्धा बढी प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भीषण डढेलोका कारण कम्तीमा २७ हजार मानिस विस्थापित भएका छन् ।
आगो गत शुक्रबार दिउँसो सान्चेओङहुँदै उइसोङ काउन्टीमा फैलिएको हो । त्यस्तै, आगलागीलेउइसोङ शहरमा अवस्थित १३ सय वर्ष पुरानो धार्मिक सम्पदा गौन्सामासमेत क्षति पुगेको छ । तीव्र गतिको सुख्खा हावाले आगो अन्यत्र फैलिरहेको बताइएको छ । आगो नियन्त्रणमा लिन हजारौं अग्नि नियन्त्रक र ५ हजार सैनिक खटिएका छन् ।