इजरायलद्वारा हिजबुल्लाह लक्षित आक्रमण सुरु

चैत्र ९, २०८१ | काठमाडौं

इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा हिजबुल्लाहलाई निशाना बनाउँदै आक्रमण सुरू गरेको छ ।

 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायली रक्षा बललाई लेबनानमा दर्जनौं आतंकवादीविरुद्ध बलपूर्वक कारबाही गर्न निर्देशन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरु गरेको इजरायलको भनाइ छ । यता, लेबनानका प्रधानमन्त्री नवाफ सलामले आफ्नो देशलाई नयाँ युद्धमा तान्न खोजिएको भन्दै चेतावनी दिनुभएको छ । 

युद्धविराम सम्झौतापछि इजरायलको इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाहसँगको १४ महिना लामो युद्ध रोकिएको थियो । 


प्रतिक्रिया