भोलिसम्ममा मन्त्रीमण्डलले पूर्णता पाउँछः प्रधानमन्त्री दाहाल

चैत्र १६, २०७९ | काठमाडौं

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डलको विस्तारका लागि अन्तिम गृहकार्य भइरहेको बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भोलिसम्ममा मन्त्रीमण्डललाई पूर्णता दिने र सपथ गराउने तयारी भइरहेको बताउनुभएको हो ।

तीन वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ भतपुरमा एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९ सय ७७ रुपैयाँको लागतमा नयाँ सुविधा सम्पन्न टर्मिनल भवन बन्न लागेको छ ।

पछिल्लो समय सञ्चालनमा आएका पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा केही समस्याहरु देखिए पनि त्यसलाई छिट्टै सम्वोधन गर्ने प्रधानमन्त्रीको भनाइ छ । 


प्रतिक्रिया