मन्त्रीमण्डललाई आज पूर्णता दिने प्रधानमन्त्री दाहालको तयारी

चैत्र १७, २०७९ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डललाई आज पूर्णता दिने तयारी गर्नुभएको छ । सत्ता गठवन्धनमा मन्त्रालय भागवण्डा टुङिगएसंगै प्रधानमन्त्री दाहालले आज मन्त्रीमण्डललाई विस्तार गर्न लाग्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम आज अपरान्ह ३ बजे हुने बालुवाटार श्रोतले जनाएको छ । सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टी जसपा र एकीकृत समाजवादी पार्टीले २/२ मन्त्रालय पाउने भएका छन् । यसैगरि लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजबादी पार्टी र आम जनता पार्टीले १/१ मन्त्रालय पाउने भएका छन् ।

कांग्रेसबाट उपप्रधान तथा रक्षामा पूर्णबहादुर खड्का, अर्थमा प्रकाशशरण महत, सामान्य प्रशासनमा धनराज गुरुङ, परराष्ट्रमा रमेश रिजाल, सहरी विकासमा एनपी साउद, भूमि व्यवस्थामा सीता गुरुङ, न्याय कानुन तथा संसदीय मामिलामा डिगबहादुर लिम्बु र स्वास्थ्य तथा जनसंख्यामा मोहनबहादुर बस्नेत मन्त्री हुने सम्भावना छ ।

माओवादीले गृहमा नारायणकाजी श्रेष्ठ र उर्जामा शक्ति बस्नेतलाई पठाउने तयारी गरेको छ । सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराती यथावत हुनुहुन्छ भने अमनलाल मोदीलाई महिला तथा बालबालिका मन्त्रालयमा सारिएको छ ।

यसैगरि २ मन्त्रालय पाएको एकीकृत समाजवादीको तर्फबाट कृषिमा बेदुराम भुषाल र भौतिक पूर्वाधारमा प्रकाश ज्वाला मन्त्री बन्ने पक्का भएको छ ।

लोसपाबाट श्रममा शरतसिंह भण्डारी, नेपाल समाजवादी पार्टीबाट खानेपानीमा महिन्द्र राय यादव, नागरिक उन्मुक्तिबाट यूवा तथा खेलकुदमा रञ्जिता श्रेष्ठ, जनमतबाट उद्योगमा अब्दुल खान मन्त्री हुनुहुन्छ । यस्तै आम जनता पार्टीबाट प्रभु शाह मन्त्री बन्ने निश्चित छ । 


प्रतिक्रिया