कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध प्रेस ऐक्यबद्धता

जेष्ठ ९, २०८१ | काठमाडौं

सत्ता र शक्तिको आडमा आफ्नो कर्तुत ढाकछोप गर्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको भन्दै सर्वत्र आलोचना भएको छ । 

गृहमन्त्री रवि लामिछानेले प्रतिशोध र बदनियत राखेर कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको भन्दै सञ्चार माध्यमहरुले विरोध जनाएका हु्न् । सञ्चार माध्यमले सिरोहियाको पक्राउलाई पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण भनेका छन् । 

काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । 

मिडिया अलायन्स नेपाल र मिडिया सोसाइटीमा आबद्ध दैनिक पत्रिकाले पहिलो पृष्ठमै ’तथ्य डग्दैन, कलम झुक्दैन’ भन्दै प्रेस ऐक्यबद्धता जनाएका हुन् । विशेष घटनाका बेला सम्पादकीय र विशेष सम्पादकीय लेख्ने ठाउँमा पत्रिकाहरुले आज प्रेस ऐक्यबद्धता जनाएका हुन् । 

गृहमन्त्री लामिछानेले सहकारी ठगीको समाचार दबाउन कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोप्रति विरोध जनाउँदै सञ्चार माध्यमले स्वतन्त्र प्रेस विचलित नहुने चेतावनी दिएका छन् । 

अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स, राजधानी, नेपाल समाचार पत्र, मध्याह्न दैनिक, अभियान दैनिकले ’तथ्य डग्दैन, कलम झुक्दैन’ भन्दै पहिलो पृष्ठमा प्रेस ऐक्यबद्धता जनाएका हुन् । 


प्रतिक्रिया