कामीरिताद्वारा ३० औँ पटक सगरमाथाको सफल आरोहण

जेष्ठ ९, २०८१ | काठमाडौं

कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३० औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गरेका शेर्पाले आफ्नो २९ औं कीर्तिमान तोड्दै सगरमाथा आरोहण गर्नुभएको हो ।

हिमाल आरोहणका प्रमुख सर्भेक्षण अधिकारी खिमलाल गौतमका अनुसार आज बिहान ७ बजेर ४९ मिनेटमा शेर्पाले सगरमाथामा सफल आरोहण गर्नुभएको हो ।

शेर्पाले नौ दिन अघि २९ औं पटक सगरमाथा चढ्नुभएको थियो । शेर्पाले २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो । 


प्रतिक्रिया