नारायणगढ–मुग्लिन सडक खण्डका २५ स्थानमा पहिरोको जोखिम

जेष्ठ ३१, २०८१ | चितवन

नारायणगढ–मुग्लिन सडक खण्डमा २५ वटा ठाउँमा पहिरोको जोखिम रहेको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ ।

तीमध्ये चार वटा ठाउँमा उच्च तथा सात ठाउँमा कम जोखिम रहेको कार्यालयका प्रमुख रमेश प्रसाद पौडेलले बताउनुभयो ।

 मौरी पुल, नाम्सीपुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।


फाइल तस्बिर

पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नु पर्ने देखिएको छ ।

वर्षापछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने कार्यालयका इञ्जिनियर सागर कार्कीले बताउनुभयो ।

त्यस्तै हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिने उहाँको भनाई छ ।  


प्रतिक्रिया