पोखरामा सहकारी पीडितको प्रदर्शन

कार्तिक ४, २०८१ | काठमाडौं

यसैबीच, पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा सहकारीपीडितले प्रदर्शन गरेका छन् । यसअघि राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने तयारी गरेपनि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि उनीहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति÷सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको माग छ । गोर्खा मिडिया प्रालिका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नसमेत उनीहरूको माग छ ।

यसैबीच, स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई ’राजनीतिक प्रतिशोध’ मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका थिए ।

दुई पक्षबीच झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 


प्रतिक्रिया