नेपालमा मानव बेचबिखनका घटना बढ्दै

भाद्र २०, २०८१ | काठमाडौं

नेपालमा मानव बेचबिखनका घटना बढ्दै गएको सरकारी तथ्यांकले नै देखाएको छ । मुलुकमा मानव बेचबिखनका घटना पछिल्लो चार वर्षमा क्रमश बढ्दै गएको मानव बेचबिखन अनुुसन्धान व्यूरोले जनाएको छ । 

आर्थिक वर्ष २०७७÷७८ मा १ सय ३४, २०७८÷७९ मा १ सय ४७, गत वर्ष मा १ सय ५७ तथा चालु अर्थिक वर्षमा मानव बेचबिखन विरुद्धका १ सय ६६ वटा मुुद्दा दर्ता भएको ब्यूरोले जनाएको छ ।

नेपाल मानव बेचबिखनको ट्रान्जिट तथा गन्तब्य बन्दै गएकोप्रति समेत विज्ञहरुले चिन्ता जनाएका छन । विशेषगरी १६ देखि २३ वर्ष उमेर समूहका किशोरीहरु बेचबिखनको सबैभन्दा बढी जोखिममा पर्ने गरेको यो क्षेत्रमा कार्यरत संस्था केआईएन इन्डियाका नेपाल संयोजक इन्द्रराज भट्टराईले बताउनुभयो ।

सामाजिक विभेद, पारिवारिक बिखण्डनमा परेका किशोरीहरु बेचबिखनको जोखिममा पर्ने गरेको भट्टराईको भनाई छ । यस्तै, १८ वर्ष मुनिका बालक बढी श्रम शोषण तथा लागूऔषध ओसारपसारमा प्रयोग हुुने गरेका छन् । वैदेशिक रोजगारीको नाममा पनि मानव ओसारपसार भइरहेको संयोजक भट्टराईले बताउनुभयो ।  


प्रतिक्रिया