टिकटक माथिको प्रतिबन्ध हटाउन सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

भाद्र २१, २०८१ | काठमाडौं

नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटक माथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

सरकारले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए ।

उनीहरुले गत बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै शर्त मान्न तयार रहेको बताएका थिए । 


प्रतिक्रिया