कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैनः प्रधानमन्त्री ओली

भाद्र २२, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र कमजोर हुँदा कर्मचारीको सेवा सुविधा बढाउन नसक्ने बताउनुभएको छ ।

२१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीको समस्याबारे आफू जानकार रहेको बताउँदै अर्थतन्त्रका कारण सेवासुविधा र पारिश्रमिक बढाउन नसकिने बताउनुभएको हो । 

अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने गरि आ–आफ्नो क्षेत्रबाट धैर्यताका साथ कम गर्न उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका सेवामा समेत नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । कर्मचारीबीचमा हुने आन्तरिक विवादको विषयले कार्यालय नै बन्द गरेर सेवा प्रवाह रोक्न नहुने उहाँको भनाइ थियो ।  


प्रतिक्रिया