बाढीपहिरो प्रभावितको खोजी, उद्दार र पुनर्निर्माण गर्ने सरकारले गर्छः गृहमन्त्री लेखक

आश्विन २१, २०८१ | काठमाडौं

गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावितको खोजी, उद्दार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गर्ने बताउनुभएको छ ।

काभ्रेको पनौती नगरपालिका–१२ स्थित कलाँती र बेथानचोक गाउँपालिकाको–४ स्थित चलाल गणेशस्थानस्थित आज बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावितको खोजी उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गर्ने दाबी गर्नुभयो ।

सरकारले पहिलो चरणमा राहत वितरणलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाई थियो । मन्त्री लेखकले सडक, सञ्चार, बिजुली, खानेपानी व्यवस्थापन लगायतका नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापनमा सरकारले काम गर्ने जिकिर गर्नुभयो ।

उहाँका अनुसार विपत्तिका कारण निम्तिन सक्ने महामारीजन्य रोगहरुको नियन्त्रणका लागि सरकारले काम गर्ने योजना बनाएको छ । 


प्रतिक्रिया