हेंवा खोलामा हृयुम पाइप राखेपछि सवारी सञ्चालन

आश्विन २३, २०८१ | काठमाडौं

मेची राजमार्ग अन्तर्गतको हेंवा खोलामा अवरुद्ध भएको सडक १४ दिनपछि सञ्चालमा आएको छ ।

असोज १२ गतेको बाढीले बेलिब्रिज बगाएपछि सोहि दिनदेखि सवारी साधन सञ्चालन रोकिएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार हेंवा खोलामा हृयुम पाइप बिछ्याएर सडक सञ्चालन गरिएको हो ।

सडक डिभिजन इलामले १० दिन लगाएर डाइभर्सन बनाएसँगै आज विहानबाट मेची राजमार्गको इलाम र फिदिमबाट हेंवा खोला पारीका पाँचथरस्थित फालेलुङ,हिलिहाङ र याङवरक सँगै ताप्लेजुङ जाने र त्यसतर्फबाट पाँचथर, इलाम हुँदै झापातर्फ जाने सवारी र ढुवानीका साधन गन्तव्यतर्फ जान थालेका छन् ।

यसअघि पैदल यात्री र साना सवारीसाधन बाँसको फड्को निर्माण गरेर आवत जावत गर्न थालिएको थियो । डाइभर्सनको काम तीनदिन अघि नै सक्ने गरी काम गरेपनि पर्याप्त मात्रामा हृयुम पाइप नआएको र पुनः इटहरीबाट ल्याउन समय लागेकाले काममा ढिलाइ भएको सडक डिभिजन इलामले जनाएको छ । 


प्रतिक्रिया