तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्छः प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ ।

 संसद बैठकमा सम्वोधन गर्दै प्रधानमन्त्रीले आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने र पूर्वराजाले समेत उन्मुक्ति नपाउने बताउनुभएको हो । फेरि राजा बन्न चाहने व्यक्तिले शृंखलाबद्ध रुपमा भएका घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सम्वोधन गरिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानवहादुर शाहीले आपत्ति जनाउनुभएको थियो । 

पूर्वराजा शाहको स्वागतमा गरिएको कार्यक्रमलाई प्रधानमन्त्री ओलीलले कथित स्वागत भनेको भन्दै शाहीले आपत्ति जनाउनुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओली रुष्ट बन्नुभएको थियो । उहाँले एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार समेत भएको दावी गर्नुभयो ।  


प्रतिक्रिया