गौशालामा एकै पटक आठ सवारी ठोक्किए, ३ जना घाईते

जेष्ठ ७, २०८२ | काठमाडौं
काठमाडौंको गौशालामा एकै पटक विभिन्न आठ वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
महानगरिय प्रहरी वृत्त गौशलाका अनुसार आज दिउँसो भएको सो दुर्घटनामा ३ जना घाइते भएका छन् । प्रहरी वृत्त गौशलाका अनुसार घाईते मध्ये एक जना उपचारपछि फर्किएका छन् भने २ जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा २ वटा मोटरसाइकल, एउटा स्कुटर तथा एउटा सार्वजनिक बस र ३ वटा कारमा क्षति पुगेको छ । यस्तै एउटा माइक्रोमा क्षति भएको प्रहरीले जनाएको छ ।