मधेशमा रहेका राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट व्यवस्था गर्न मोर्चाको आग्रह

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०८२

संघीय लोकतान्त्रिक मोर्चाले मधेशमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको लागि आवश्यक बजेटको व्यवस्था गरी यसै आर्थिक वर्षको बजेटमा समावेश गर्न आग्रह गरेको छ । जनमत पार्टीको कार्यालयमा आज बसेको मोर्चाको मूल समितिको बैठकले हुलाकी सडक, निजगढ अन्तराष्ट्रिय विमानस्थल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको विस्तार तथा सञ्चालन लगायत क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न आग्रह गरेको हो । 

यस्तै सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टी जनाएको छ । संविधानको व्यवस्था अनुसार भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने अधिकार प्रदेशको रहेकाले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी ल्याइएका

विधेयक संविधानको प्रतिकूल र असंवैधानिक रहेको पनि मोर्चाको भनाइ छ । सुकुम्वासीको समस्या समाधान गर्न प्रचलित ऐन नै पर्याप्त रहेको मोर्चाले विज्ञप्तिमा उल्लेख गरेको छ । देश र जनताको हितमा सो विधेयक नरहेको भन्दै फिर्ता लिन सरकारसँग मोर्चाले माग समेत गरेको छ । 


प्रतिक्रिया