यस वर्षको मनसुन अवधिमा सरदर भन्दा बढी वर्षा हुने

जेष्ठ ७, २०८२ | काठमाडौं
यस वर्षको मनसुन अवधिमा सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले एक कार्यक्रमकाबीच यस वर्षको मनसुन अवधिमा स्थान अनुसार ४५ देखि ६५ प्रतिशतसम्म सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको हो ।
मौसमविद् विभूती पोख्रेलले मधेश प्रदेशका जिल्लामा सरदर अनुपातको वर्षा हुने देखिए पनि कर्णाली र गण्डकी प्रदेशका जिल्लामा सरदर भन्दा ७५ प्रतिशत सम्म वर्षा हुने आँकलन गरिएको बताउनुभयो । विभागले आगामी जेठ १८ देखि १४ सम्मका लागि मनसुन ऋतुको अवधि तोकेको छ ।
मनसुन अवधिमा सरदर भन्दा बढी तापक्रम मापन हुने सम्भावना देखिएको विभागले जनाएको छ । सरदर भन्दा बढी वर्षा र तापक्रम हुँदा विभिन्न भौतिक पूर्वाधारका संरचनामा क्षति पुग्ने तथा विभिन्न विपद्जन्य घटनामा वृद्धि हुने तथा स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरि आगामी जुन महिनामा सरदर भन्दा बढी मात्रामा वर्षा हुने देखिए पनि जलवायु परिवर्तनका कारण जुनसुकै समयमा पनि भारी मात्रामा वर्षा हुने जोखिम देखिएको विभागले जनाएको छ ।