केहीबेर बत्ति जाँदैमा लोडसेडिङ भएको भन्दै गलत प्रचार गरियोः मन्त्री खड्का

जेष्ठ ७, २०८२ | काठमाडौं

पछिल्लो समय केहीबेरका लागि विद्युत कटौती हुन थालेपछि आलोचना बढेका बेला विभागीय मन्त्रीले भने लोडसेडिङ नभएको दाबी गरेका छन् ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भएको भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाउने काम भइरहेको बताउनुभएको छ । संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले विदेशबाट समेत फोन गरेर लोडसेडिङ भएको भन्दै गलत प्रचार गरिएको बताउनुभयो ।

उहाँले उत्पादनमा कमी भएर नभई प्राविधिक कारणले केहीबेर बत्ति जाने गरेको दावी गर्नुभयो । यसअघि प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत बत्ति भएको स्थानमा बसेर विद्युत कटौती भएको भन्ने भाष्य बनाउन खोजिएको टिप्पणी गर्नुभएको थियो ।

सामाजिक सञ्जालमा लेख्दै रिमालले यस्ता प्रचारप्रति सचेत रहन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आग्रह गर्नुभएको थियो ।   


प्रतिक्रिया