आफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि दुर्व्यवहार

जेष्ठ २९, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि दुर्व्यवहार भएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले थारुमाथि आज अदालतमै दुर्व्यवहार गरेका हुन् । उनीहरुले न्यायधीश थारुमाथि मोसो दलेका हुन् ।
दुर्व्यवहारमा संलग्न नेकपा बहुमतका ३ जना कार्यकर्तालाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । न्यायाधीश थारु र अर्जुन महर्जनको इजलासले रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलमलाई गत जेठ १४ गते जिल्ला अदालत रौतहटको आदेश उल्ट्याउँदै सफाइ दिएको थियो । सो आदेशपछि ललितपुरस्थित नख्खु कारागारमा रहेका आलम सोही दिन छुटेका थिए ।