पपुलिष्ट राजनीति गर्नेलाई देशी–विदेशीको लगानी : संयोजक दाहाल

रेडियो कान्तिपुर संवाददाता

माघ १३, २०८२ | काठमाडौं

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले पपुलिष्ट राजनीति गर्नेहरुलाई देशी विदेशी शक्तिले लगानी गरेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा दाहालले राजनीतिक सिद्धान्त र त्यागलाई सम्मान नगर्ने प्रवृत्ति देखिएको समेत बताउनुभयो । 

राजनीतिक मान्यतालाई सबल बनाउन कम्युनिष्ट पार्टीबीच धुव्रिकरण अघि बढाएको दाहालले उल्लेख गर्नुभयो । दाहालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन आग्रह समेत गर्नुभएको थियो ।


प्रतिक्रिया