टाइगर कप भलिबल च्याम्पियनसिप : एपिएफलाई पराजित गर्दै थाइल्याण्ड क्विन्स तेस्रो
माघ १५, २०८२ | काठमाडौं
थाइल्याण्ड क्विन्सले पोखरामा जारी छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । आजको खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै थाइल्याण्ड क्विन्स तेस्रो भएको हो ।
महिलातर्फको उपाधिका लागि भोलि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैबीच, त्रिभुवन आर्मी क्लबले पुरुषतफएको खेलमा एपिएफलाई ३–२ सेटले हराएको छ । अहिलेसम्म आर्मी र एपीएफले समान ७ अंक जोडेका छन् ।
सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्ने भएको छ । पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ ।











