मध्यपूर्वी क्षेत्रमा जारी युद्धमा हालसम्म १५ जना नेपाली घाइते

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २७, २०८२ | काठमाडौं

मध्यपूर्वी क्षेत्रमा जारी युद्धमा हालसम्म १५ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले घाइतेमध्ये एकजना मात्रै उपचाररत रहेको बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका कन्सुलर विभागको अनलाइनमा ६३ हजार ५ सय ७० जनाले आफ्नो विवरण दर्ता गरेका छन् । त्यसमध्ये आफूलाई असुरक्षित भएको भनेर विवरण दिने नेपालीलाई दूतावासमार्फत सहयोगका लागि काम भइरहेको महाशाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।

यसैबीच नेपाल वायु सेवा निगमले विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने भएको छ । निगमका अनुसार आज राति सवा ११ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लगिदैछ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याइनेछ । 


प्रतिक्रिया