स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गरिने छ : प्रधानमन्त्री कार्की

रेडियो कान्तिपुर संवाददाता

माघ २१, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताउनुभएको छ । आज सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गका लागि भएकाले त्यसलाई छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताउनुभएको छ । सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको प्रधानमन्त्री कार्कीको भनाई थियो ।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी दिनुभयो । सो कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी स्वास्थ्य मन्त्रालयले नीतिगत र कानुनी व्यवस्था तय गर्न लागेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया