हिन्दू राष्ट्र माग गर्दै जनकपुरमा प्रदर्शन

मंसिर १५, २०७५ | जनकपुर

हिन्दू राष्ट्र माग गर्दै जनकपुरमा प्रर्दशन भएको छ । विश्व हिन्दू परिषद्, नेपाल सम्बद्ध साधु सन्त तथा आमनागरिकहरु हिन्दू राष्ट्र माग गर्दै आज जनकपुरमा प्रदर्शन गरेका हुन् ।

गोपाल धर्मशालाबाट निस्केको जुलुस रामचोक, जनकचोक, जानकी मन्दिर, रामानन्द चोक, पिराडीचोक, मिल्स एरिया, भानुचोक र शिवचोक हुँदै जनकपुर ७ स्थित पतञ्जली योग साधना केन्द्रमा पुगी कोण सभामा परिणत भएको थियो ।

विराट सन्त सम्मेलन नाम दिइएको उक्त कार्यक्रको मुख्य उद्येश्य ‘सनातन हिन्दू धर्म रक्षार्थ एवं समाज जागरण’ भनिए पनि जुलुसमा सहभागीहरुले हिन्दू राष्ट्रको पक्षमा चर्का नाराबाजी गरेका थिए ।

यसका साथै सहभागीहरुले देवभाषा संस्कृत तथा गौवंश रक्षाको पक्षमा समेत नाराबाजी गरेका थिए । सम्मेलनमा नेपाल र भारतबाट पाँच हजार अधिक सहभागी छन् ।

 


प्रतिक्रिया