नवनियुक्त गभर्नर पौडेलद्वरा पद तथा गोपनियताको सपथ

जेष्ठ ७, २०८२ | काठमाडौं
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
सर्वोच्च अदालत पुगेर पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिनुभएको हो । सपथ लिएसँगै गभर्नर पौडेलले आजै केन्द्रीय कार्यालय बालुवाटार पुगेर कार्यभार सम्हाल्नु भएको छ ।
कांग्रेस र एमालेबीचको लामो विवादपछि अन्ततः पौडेललाई कांग्रेसको समर्थनमा सरकारले राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र बैंकको १८ औं गभर्नर बनेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गर्नु भएको छ ।
अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा काम गरिसक्नु भएका पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत हुनु भएको थियो ।