शनिबारबाट नागढुङ्गा–पिपलामोड सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

जेष्ठ ७, २०८२ | काठमाडौं

काठमाडौं जोड्ने मुग्लिङ–नागढुङ्गा सडकको नागढुङ्गा–पिपलामोड खण्ड आगामी शनिबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

 सडक निर्माणकालागि जेठ १० देखी २५ गतेसम्म हरेक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने आयोजना पूर्वी क्षेत्रका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । 

सडक बन्दका बेला काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोष्ट र काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई धादिङको खानीखोला बजारमा रोकिने आयोजनाले जनाएको छ । सो समयमा यात्रा गर्नैपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ । 


प्रतिक्रिया