धनकुटा उद्योग वाणिज्य संघमा लगाएको ताला ८० दिनपछि खुल्यो

फाल्गुन १४, २०७६ | धनकुटा

सदस्यता वितरण र नवीकरणका विषयमा विवाद चर्किएपछि उद्योग वाणिज्य संघ धनकुटामा गरिएको दोहोरो तालाबन्दी आजबाट खुलेको छ । 

सहमतिमै नयाँ नेतृत्व चयन गर्ने सहमति भएसँगै ८० दिनपछि कार्यालयको ताला खोलिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो ।

नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सकेर निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएपछि नयाँ सदस्यता र नवीकरणको माग गर्दै नेकपा पक्षधर केही व्यवसायीले गत मंसिर २४ गते धनकुटाको कचिडेमा रहेको संघको कार्यालयमा तालाबन्दी गरेका थिए । 

तालाबन्दी पछि मंसिर २८ गतेका लागि तोकिएको मतदान प्रकृया समेत रोकिएको थियो । 

निर्वाचन प्रकृया छिटो टुंग्याउनु पर्ने भन्दै लोकतान्त्रिक पक्षधर व्यवसायीले कार्यालयमा गत मंसिर ३० गते अर्को ताल्चा लगाएपछि विवाद लम्बिएको थियो ।


प्रतिक्रिया