असईबाट कुटपिट

कार्तिक ११, २०७९

जमिनको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय वीरगन्ज मातहतमा रहेको पर्सा पोखरीयामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सर्फलाल यादवले स्थानीयलाई दुव्र्यवहार र धम्की दिँदै आएको पीडितले बताएका छन् । पीडितले असई यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरीसमेत दिएका छन् । यही विषयलाई लिएर एक साता अघि घर बिदामा रौतहट पुगेका असई यादवले स्थानीयलाई लखेटी–लखेटी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

जिल्लाको फतुवा विजयपुर नगरपालीका–६ पेटहर्वा घर भएका असई यादव र छिमेकी राजकिशोर साहबीच लामो समयदेखि जग्गाको विषयमा विवाद हुँदै आएको छ । सोही विषयलाई लिएर असईले गत असोज २९ गते लखेटी–लखेटी कुटपिट गरेको साहले बताउनुभयो । कुटपिटबाट स्थानीय शिवबालक साह घाइते भएका छन् । यादव पक्षका पनि केही घाइते भएको प्रहरीको भनाई छ । विगत ६ वर्षदेखि असई यादवले गाउँमा आतंक मच्चाउँदै आएको स्थानीयको आरोप छ ।


प्रतिक्रिया