रौतहटमा बाढी पूर्व सूचना प्रणाली जडान

चैत्र १५, २०७९ | रौतहट

बर्षाको समयमा हुने मानवीय र भौतीक क्षति कम गर्न सहयोग गर्ने उद्देश्यले रौतहटको गौर स्थित जिल्ला प्रशासन कार्यालयमा बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ ।

बर्षाको समयमा वर्षेनी डुबानबाट क्षति ब्यहोर्दै आएका गौर बासीका लागि क्षति कम गराउन जडान गरिएको यो प्रणालीले सहयोग गर्ने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यलयमा जडान गरिएको प्रणालीले एक किलोमिटर सम्मको दुरीमा साइरनको आवाज फैलाउन सक्ने छ ।

पूर्व सूचना प्रणालीले साइरन मार्फत सर्तक हुन निर्देशन दिएपछि मानिसहरु सचेत हुदा मानवीय तथा  भौतिक क्षति कम गर्न सहयोग पुग्ने छ । सो संस्थाले बाराको निजगढ नगरपालीका–३ स्थित धन्सार खोलामा पनि वर्षा मापन गर्न यन्त्र जडान गरेको छ ।  


प्रतिक्रिया