गौर अस्पतालमा कर्मचारीबाटै १६ लाख रुपैयाँ हिनामिना

चैत्र १५, २०७९ | रौतहट

रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारबापत आएको १६ लाख बढि रकम कर्मचारी र समितिका अध्यक्षले हिनामिना गरेकोअस्पताल प्रशासनले जनाएको छ ।

बिरामीको रगत परिक्षण, भिडियो एक्सरे, घाउ जांच फारम लगायत जांच गराउदा लाग्ने रकम अस्पतालका अहेब प्रमोद यादब र अर्का करारका कर्मचारी असलम अन्सारीले समितिको खातामा जम्मा नगरेको हुन् ।

विरामीको उपचारखर्चबाट आएको सो रकम समितिको खातामा जम्मा नभएको जानकारी पाएलगत्तै अस्पतालका तत्कालीन प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा. कृष्ण साहले यादब र अन्सारीलाई पत्राचार गरि तत्कालै रकम जम्मा गर्न भने पनि उनीहरु दुबैले अहिले सम्म रकम जम्मा गरेका छैनन् ।

डा. साहका अनुसार अस्पतालका अर्का कर्मचारी रामारमण सहनीले पनि बिरामीबाट जम्मा भएको ३० हजार रकम समितिको खातमा जम्मा नगरेको बताउनुभयो ।

अस्पतालको रकम हिनामिना गर्नेलाई पक्राउ गरेर अनुसन्धान थाल्न प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्ला प्रहरी प्रमुख एसपि बिरबहादुर बुढामगरलाई निर्देशन दिनुभएको छ । 


प्रतिक्रिया