संखुवासभामा पानीको हाहाकार भएपछि दमकलबाट वितरण

जेष्ठ २८, २०८० | संखुवासभा
खडेरी बढेसंगै संखुवासभाको खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण सुरु गरेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट ल्याएर गत शुक्रबारदेखि पानी वितरण सुरु गरिएको नगर प्रमुख महेश थपलियाले बताउनुभयो ।
दमकलबाट ल्याइएको पानी टोलटोलमा आवश्यकता अनुसार वितरण भइरहेको छ । दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलबासीलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।