माछा मार्ने क्रममा जालमा फसेर एक जनाको मृत्यु

श्रावण ६, २०८० | पाल्पा

माछा मार्ने क्रममा कालीगण्डकी नदीमा डुबेर पाल्पाको फोक्सिकोटका एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२, फोक्सिकोट रानीबासका २६ वर्षीय कोपिल पाँडेमगरको माछा मार्न प्रयोग गरिने जालमा फसी पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

फोक्सिकोटको छाप गाउँमा बस्दै आएका पाँडेमगर माछा मार्ने जालमा फसेर डुबेको अवस्थामा शव फेला परेको पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया