पोखरा घटनाबारे छानविन गर्न रास्वपा सांसद कठायतको माग
माघ १३, २०८१ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिनिता कठायतले कृषि समितिको अनुगमनका क्रममा पोखराको एक होटलमा अन्य दलका सांसदले व्यक्तिगत जीवनका बारेमा टिकाटिप्पणी गरेको विषयमा छानविन गर्न माग गर्नुभएको छ ।
समिति सदस्यहरु बसेको पोखरास्थित होटलमा अन्य दलका सांसदले आफ्नो पार्टीका सांसदलाई लान्छना लगाएको विषय सांसद कठायतले केही दिनअघि बैठकमा उठाउनुभएको थियो ।
त्यसपछि उहाँले पोखराको घटनाबारे सिसिक्यामेराको फुटेज झिकाएर छानविन गर्न आज समितिमा पत्र बुझाउनुभएको हो । सांसदहरुले मादक पदार्थ सेवन गरेपछि रास्वपाका महिला सांसदहरुमाथि व्यक्तिगत गालीगलौज गरेको दावी सांसद कठायतले गर्नुभएको छ ।