संविधानमा आधारभूत व्यवस्थालाई परिवर्तन गर्न हुँदैनः कांग्रेस महामन्त्री थापा

फाइल फोटो 

माघ १३, २०८१ | काठमाडौं

संविधान संशोधनको एजेन्डासहित बनेको गठबन्धन सरकारको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा आधारभूत व्यवस्थालाई परिवर्तन गर्न नहुने बताउनुभएको छ ।

 भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले केही विषय तलमाथि गर्न मिल्ने भएपनि आधारभूत विषय चलाउन नहुने बताउनुभएको हो । अर्को विकल्प खोज्न लाग्दा फेरि १० वर्ष खेर जाने उहाँको भनाइ थियो ।

अर्को प्रसँगमा महामन्त्री थापाले मुलुकमा परिवर्तनका लागि नेतृत्व बदल्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो । अहिलेका प्रधानमन्त्री भन्दा राम्रो काम गरेर आफूले देखाउन सक्ने थापाले दाबी गर्नुभयो ।

संघ, प्रदेश, स्थानीय तहका सरकारमा कांग्रेसको उपस्थिति बलियो भएपनि जनचाहना अनुसार काम गर्न नसकेको महामन्त्री थापाले स्वीकार गर्नुभयो । 


प्रतिक्रिया