चिनिमिल संचालन गर्न माग राख्दै किसानको र्‍याली

श्रावण २२, २०८० | रौतहट

रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल संचालन र मिल बिक्रिको लिलामी टेण्डर खारेजीको माग गर्दै उखु उत्पादक संघ रौतहटले आज सदरमुकाम गौरमा र्‍याली निकालेको छ । झण्डै दुई बर्षदेखी बन्द रहेको मिल ब्यवस्थापन पक्षले बिक्रि गर्न लागेको भन्दै संघले रोक्न पहल थालेको हो ।

मिल संचालन र अनाधिकृत रुपमा गरिएको मिल बिक्रिको टेण्डर रद्ध गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई उखु उत्पादक संघले ज्ञापनपत्र समेत बुझाएको छ । घाटा भएको भन्दै मिल ब्यवस्थापनले तीन वर्षअघि मिल बन्द गरेको थियो ।   


प्रतिक्रिया