बाँकेमा मृत भेटियो बाघ

आश्विन १०, २०८० | बाँके

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरस्थित अशोक सामुदायिक वनमा वयस्क पाटे बाघ मृत अवस्थामा भेटिएको छ । अशोक सामुदायिक वनमा केहीदिन अघि देखिएको बाघ हिजो साँझ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बांकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिनुभयो ।

यसअघि सोही बाघ गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको थियो । निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बाघलाई कसैले मारेको या आफैं मरेको भन्ने विषय परीक्षणपछि मात्रै पत्ता लाग्ने बताउनुभयो ।


प्रतिक्रिया