२० दिनपछि खुल्यो रौतहटको फतुवाविजयपुर नगरपालिकामा लगाइएको ताला

कार्तिक ११, २०८० | रौतहट

रौतहटको फतुवाविजयपुर नगरपालिकाको कार्यालयमा लगाइएको ताला २० दिनपछि खोलिएको छ । दसैंको तलब भत्ता पाउनुपर्ने माग गर्दै कर्मचारी र शिक्षकहरुले गत असोज १९ गते नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका थिए । 

तालबन्दी गरेपनि दशै अघि कुनै पनि कर्मचारीले तलब पाएनन् । छठ पर्व अघि सबै शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता दिने शर्तमा भोलि आइतबारबाट कार्यालय सञ्चालनमा आउने गरी जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो ।

 विभिन्न ११ वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक र कर्मचारीबीच हिजो भएको छलफलपछि ताला खोल्ने सहमति भएको हो । नगरपालिकाका शिक्षक, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरण गराउने जिम्मा वडाअध्यक्षहरुले लिएपछि ताला खोलिएको शिक्षक रन्जन खरेलले जानकारी दिनुभयो ।

यस्तै, जनप्रतिनिधिको आन्तरिक विवादका कारण नगरसभा समेत हुन सकेको छैन । गत असार १० गते भित्र हुनुपर्ने नगरसभा नहुँदा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि शून्य छ । नगरभित्रका शिक्षक लगायत ३ सय ५० जना कर्मचारीले अहिलेसम्म तलब पाउन सकेका छैनन् । वृद्ध, वृद्धा, एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत वञ्चित छन् ।


प्रतिक्रिया