रौतहटमा राँगाको आक्रमणबाट एक जनाको मृत्यु

फाईल फोटो  

मंसिर ८, २०८० | रौतहट

रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा छाडा छोडिएको राँगाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

राँगाको आक्रमणबाट स्थानीय ७० वर्षीय बतहु राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दामोदर केशीले जानकारी दिनुभयो ।

राँगाको आक्रमणबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो ।

सोही राँगाको आक्रमणबाट अन्य १२ जना घाइते भएका छन् । छाडा छोडिएको राँगा नियन्त्रणमा लिन स्थानीयले जनप्रतिनिधिलाई अनुरोध गर्दै आएका छन् । 


प्रतिक्रिया