शीतलहर बढेपछि रौतहटका विद्यालय बन्द

पुस २५, २०८० | रौतहट

पछिल्लो केही दिनदेखि शीतलहर चल्न थालेपछि रौतहटका अधिकांश विद्यालयहरुले धमाधम बिदा दिन थालेका छन् । तराई–मधेशमा शीतलहर बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर जिल्लाका स्थानीय तहले एक साताका लागि विद्यालयमा बिदा दिएका हुन् । गौरस्थित शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयले केहीदिन यता अत्यधिक जाडो बढेकाले बर्खे बिदा सञ्चित रहेकोबाट आवश्यकता अनुसार जाडोको बिदा दिन विद्यालयलाई परिपत्र गरेको थियो । जिल्लाको चन्द्रपुर, मौलापुर, गढीमाइ, फतुवा विजयपुर र राजदेवी लगायत नगरपालिकाका विद्यालय शीतलहरका कारण बन्द गरिएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया