रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व नगरप्रमुख पटेललाई भ्रष्टाचार मुद्धामा सफाइ

माघ ६, २०८० | रौतहट

घुस रकम सहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व नगरप्रमुख धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोक पटेलले विशेष अदालतबाट भ्रष्टाचार मुद्धामा सफाइ पाएका छन् ।

बिशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह, खुशी प्रसाद थारु, र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व नगरप्रमुख पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्धाबाट सफाइ दिएको हो ।

वडा कार्यालय भवन निर्माणको भुक्तानीमा तत्कालीन नगरप्रमुख पटेललाई दुई लाख रुपैयाँ नगद र उपभोक्ता समितिको नाममा रहेको साढे दुई लाख रुपैयाँको चेकसहित २०७८ फागुन १५ गते नगरपालिकाको कार्यकक्षबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे टोलिले पक्राउ गरेको थियो ।

पटेलले भने समितिसँग कुनै किसिमको रकम माग नगरेको र नियतबस फसाइएको बताएका छन् ।  


प्रतिक्रिया