मधेशमा दुई मन्त्री थपिए

जेष्ठ २७, २०८१
आफनै दल जनमतका दुईजना मन्त्री थप्दै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । प्रदेशसभामा सिरहाबाट निर्वाचित त्रिभुवन साह र सप्तरीबाट निर्वाचित सकिल मियाँलाई मन्त्री नियुक्त गरिएको छ । साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ ।
जनमत पार्टीकी रञ्जु मण्डल खंगलाई सो मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री मियाको मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले शपथ गराउनुभएको छ । योसँगै मधेश प्रदेशको मन्त्रीमण्डल १६ सदस्यीय भएको छ ।