एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको छः प्रधानमन्त्री दाहाल

असार १६, २०८१ | काठमाडौं

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताउनुभएको छ ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो ।

एकीकृत समाजवादी र माओवादी केन्द्र समाजवादी मोर्चामा पनि रहेको र कम्युनिष्ट आन्दोलन एकताका लागि एउटै धारणा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले गठबन्धन सरकारको आफूले नेतृत्व गरेदेखि नै भ्रष्टाचार विरुद्धको पहलकदमीलाई प्राथमिकतामा राखेको र अहिले भ्रष्टाचार विरोधी कामलाई निष्तेज पार्न खोजिएको बताउनुभयो ।

आफूहरुले संविधानको रक्षाको निम्ति र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सामूहिक भूमिका खेलेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।  


प्रतिक्रिया