युरो कप फुटबलः अन्तिम १६ को खेलमा आज बेल्जियम र फ्रान्स खेल्दै

असार १७, २०८१ | काठमाडौं

जर्मनीमा जारी युरो कप फुटबलको अन्तिम १६ अन्तर्गतको खेलमा आज बेल्जियमले उपाधि दाबेदार टोली फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । फ्रान्स समूह डी को र बेल्जियम समूह ई को उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो ।

यी दुईबीच भएका पछिल्ला पाँच खेलको नतिजा हेर्दा दुई खेल फ्रान्सले जित्दा, दुई बराबरी खेलेका छन् । एक खेल भने बेल्जियमले जित्न सफल भएको छ ।

आजै हुने अर्को खेलमा पोर्चुगल र स्लोभेनियाबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्कफर्ट एरिनामा हुने यी दुई टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

पोर्चुगल सन् २०१६ मा फ्रान्समा आयोजित युरोकपको उपाधि विजेता टोली हो ।

पोर्चुगल समूह एफको विजेता बन्दै नकआउटमा प्रवेश गर्दा, स्लोभेनिया समूह सी बाट उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

गत मार्चमा यी दुई टोलीबीच भएको खेलमा स्लोभेनिया विजयी भएको थियो । 


प्रतिक्रिया