२० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

असार १६, २०८१

सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आज बसेको ७ औं बैठकले समस्याग्रस्त भनेर ’समस्याग्रस्त व्यवस्थापन समिति’ अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजात झिकाउनका लागि पत्राचार गर्ने निर्णय गरेको हो । 

समस्याग्रस्त सहकारीहरूका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएपनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरु आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

समितिको आज बसेको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१÷०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग छलफल भएको थियो ।


प्रतिक्रिया