आगामी साउन २३ गतेदेखि एसईईको मौका परीक्षा हुने

असार १६, २०८१

माध्यमिक शिक्षा परीक्षा एसइईको मौका परीक्षा आगामी साउन २३ देखि सञ्चालन गर्ने नर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनुभयो । परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । गत विहिबार सार्वजनिक गरिएको २०८० सालको एसईईको नतिजामा ५२ दशमलव १३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । 

लेटर ग्रेडिङ निर्देशिकाले बढीमा दुई विषयसम्म ननग्रेडेड विद्यार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरेको थियो । पाठ्यक्रम विकास केन्द्रले सो निर्देशिका संशोधनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव पठाएको छ । शिक्षामन्त्रीले सो निर्देशिका स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्देशिका संशोधन भए अब दुई भन्दा बढी जतिसुकै विषयमा एनजी भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने छन् । मौका परीक्षाका लागि अब भोलिदेखि नै तयारी शुरु गर्ने पनि परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो । 


प्रतिक्रिया