नारायणी नदी किनारमा एक पुरुषको शव भेटियो

असार ३०, २०८१ | नवलपरासी पूर्व
नवलपरासी पूर्वको गैंडाकोटस्थित नारायणी नदीको बिच (टापु) मा एक पुरुषको शव फेला परेको छ ।
गैंडाकोट नगरपालिका-९ थुम्सीमा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
थुम्सी बजारबाट केही दक्षिणमा शव फेला परेको हो । पर्स र मोबाइल प्राप्त भएको र त्यसैका आधारमा सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।