लुम्बिनी प्रदेशमै डेंगी संक्रमणमा पाल्पा पहिलो

श्रावण १, २०८१ | पाल्पा

पछिल्लो समय लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै डेंगी संक्रमण भएको पाईएको छ ।

सो जिल्लामा ७१ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्तपाल, लुम्बिनी मेडिकल कलेज लगायतमा आएका बिरामीमा डेंगी संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

उहांका अनुसार ३९ जना पाल्पाका संक्रमित हुन् ।

बाकी ३२ जना अन्य जिल्लाबाट उपचार गराउन गएका बिरामीमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया