आफूहरुको वृत्ति विकास नभएको निजामती कर्मचारीको गुनासो

रेडियो कान्तिपुर संवाददाता

भाद्र २२, २०८१

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा आफूहरुको वृत्ति विकासमा अवरोध पुगेको कर्मचारीले गुनासो गर्दै आएका छन् । संघीय निजामती सेवा विधेयकमाथि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अहिले छलफल भइरहेको छ । संघीयता जारी भएको झण्डै ९ वर्षमा निजामती प्रशासनमा भने विकेन्द्रीकरणको अभ्यास हुन सकेको छैन । सरकारी कार्यालयमा सेवा लिन ढिलासुस्ती हुने गरेको आम नागरिकले गुुनासो गर्दै आएका छन् । सरकारी सेवा बढी प्रक्रियामुखी हुँदा पनि सरकारी सेवा लिन नै कठीन हुने गरेको सरोकारवालाको टिप्पणी छ । निजामती प्रशासनलाई प्रविधिमैत्री तथा सरल बनाउनु पर्ने उनीहरुले सुझाव दिदैं आएका छन् ।

यसैबीच सरकारले आज २१ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउँदै छ । व्यवसायीक र सिर्जनशिल प्रशाशनः विकास समृद्धी र सुशाशन भन्ने नारासहित दिवस मनाईदैछ । दिवसमा यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारीको घोषणा गरिएको छैन । २०१३ साल भदौं २२ गते निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा २०६१ सालदेखी सरकारले निजामती सेवा दिवस मनाउँदै आएको छ । 


प्रतिक्रिया